दफा २८क
मुद्दा हेर्दाको प्राथमिकता क्रम
(१) अदालतले मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा देहायको प्राथमिकता क्रम अनुसार गर्नु पर्नेछः-
(क) अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको व्यक्ति पक्ष रहेको मुद्दा,
(ख) पुर्पक्षको लागि थुनामा रहेको व्यक्ति पक्ष रहेको मुद्दा,
(ग) कैदमा रहेको पक्षको मुद्दा,
(घ) अपाङ्गता भएका व्यक्ति तथा बालबालिका पक्ष रहेको मुद्दा,
(ङ) शारीरिक अशक्तता भएका वा पचहत्तर वर्षभन्दा बढी उमेरका व्यक्ति पक्ष रहेका मुद्दा,
(च) महिला बिरुद्धको हिंसा सम्बन्धी मुद्दा,
(छ) जातीय भेदभाव तथा छूवाछूत सम्बन्धी मुद्दा,
(ज) न्वारान वा नाता कायम सम्बन्धी मुद्दा,
(झ) माना चामल सम्बन्धी मुद्दा,
(ञ) सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा,
(ट) मुद्दा दर्ताको क्रमबाट पहिले दर्ता भएको मुद्दा।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै क्रममा एकै प्रकृतिका एक भन्दा बढी मुद्दा भएमा पहिले दर्ता भएको मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ।
(३) कुनै मुद्दामा उपदफा (१) को खण्ड (क), (ख) वा (ग) मा उल्लेख भएका व्यक्तिका अतिरिक्त अन्य व्यक्तिहरु पनि पक्ष रहेछन भने त्यस्तो मुद्दाको कारबाही, सुनुवाई गर्दा त्यस्ता ब्यक्तिहरुको हकमा समेत कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ।
(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले मुद्दाको गम्भीरता र औचित्य हेरी कुनै मुद्दालाई प्राथमिकता दिई कारबाही, सुनुवाई र किनारा गर्न सक्नेछ।”